१० असार २०८३, बुधबार

चीनमा बसबिसौनीमा कार ठोक्किँदा ९ जनाको मृत्यु

मंसिर ११, २०७५
चीनमा बसबिसौनीमा कार ठोक्किँदा ९ जनाको मृत्यु

काठमाडौं — चीनको लेशानस्थित एक बसबिसौनीमा मंगलवार एउटा कार जोतिन आउँदा नौजना मारिएको पीपुल्स डेलीले जनाएको छ । 

घटनामा घाइते भएका मानिसको संख्या यकिन हुन बाँकी छ । 

स्थानीय प्रहरीले एक वक्तव्य जारी गर्दै सातजना मारिएको र चारजना घाइते भएको जानकारी दियो । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको वक्तव्यमा उल्लेखित छ । 

केही दिनअघि मात्र एक चालकले हुलुदाओमा सडक पार गरिरहेका बालबालिकाको समूहलाई हिर्काएको घटना सार्वजनिक भएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्