२४ जेठ २०८३, आइतबार

सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर १२, २०७५
सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– उदयपुरको नेपालटारस्थित सब डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सेवाग्राहीबाट लिएको ६० हजार रुपैयाँ घुस रकमसति पक्राउ परेका सहायक वन अधिकृत सत्य नारायण साह रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । 

सहायक वन अधिकृत रौनियारले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत गरी घाटगद्दी समेत गरी सकेकोमा घाटगद्दीमा रहेको काठको टुनटुक्राको घाटगद्दी मिलाई दिने भन्दै ६० हजार रुपैयाँ घुस लिएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौनियारलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । अख्तियारले ६० हजार रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार निवारण ऐनको दफा ३ बमोजिमको कसुरअनुसार कारबाहीको माग गर्दै बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्