०५ असार २०८३, शुक्रबार

आईफल टावरका भर्‍याङ बिके २ करोडभन्दा बढीमा

मंसिर १२, २०७५
आईफल टावरका भर्‍याङ बिके २ करोडभन्दा बढीमा

काठमाडौं — फ्रान्सको राजधानी पेरिसमा रहेको विश्वप्रसिद्ध आईफल टावरका भर्‍याङहरू मंगलवार भउको लिलामबिक्रीमा दुई करोड रुपैयाँभन्दा बढीमा बिकेका छन् । 

बिक्रीअघि गरिएको अनुमानित मूल्य भन्दा यो तीन गुणा बढी हो । लिलामी गर्नेहरूले दोस्रो र तेस्रो तल्लाबीचको दुई दर्जनभन्दा बढी फलामका भर्‍याङलाई पश्चिम एसियाका एक संकलकले १ लाख ६९ हजार युरोमा किनेको बताए । 

लिलाम गराउने संस्था आर्टक्युरियलले लिलामीअघि यी भर्‍याङहरूको अनुमानित मूल्य ४० हजारदेखि ६० हजार युरो मूल्य मोलेको थियो । लगभग १३ फीट अग्ला यी भर्‍याङहरू सन् १८८९ मा आईफल टावर निर्माणको समयदेखि नै छन् । 

महान् इन्जिनीयर गुस्ताभ आईफलले पेरिस युनिभर्सल एक्जिबिसनका लागि आईफल टावर बनाएका थिए । फ्रान्समा सबभन्दा बढी हेरिने स्मारक आईफल टावर नै हो । यसको उचाइ ३२४ मिटर छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्