२६ जेठ २०८३, मंगलबार

अकविता: मेरी कौली

मंसिर १२, २०७५
अकविता: मेरी कौली

दिल थापा

प्रिया तिमीलाई कस्तो भयो होला ?  

फल्नाको छोरा 

फल्नाको बाऊ 

फल्लानीको खसम ।

परदेशमा मर्‍यो  रे भनेको सुनेको पल । 

म कल्पना गर्न सक्दिन ।

सायद तिमी त्यो दिन धेरै रोयौं होला ?

सायद तिमीलाई थाहा थियो । 

म जति रोए पनि मेरो श्रीमान 

अब कहिल्यै आउने छैन भनेर ?

अनि धेरै चिन्तनशील भएर पनि सोच्‍यौँ होला ? 

मबिनाको भोलिको आफ्नो जिन्दागीलाई

 । त्यो समाजको अगाडी कसरी घिसार्ने भनेर ।

हो प्रिया म परदेशबाटै स्वर्ग आएको छु ।

तिमीलाई आर्शिवार्दको चाङ्गैचाङको 

बीचमा दुखको भारी दिएर आएको छु। 

नली हट्दीमा मासी  छउन्जेल दुखको 

पछि लागी रहे स्वर्ग आउदा एउटा सुख लिएर आएको छु ।

म त सुखको पल्लोभारिमा छु ।

तिमीलाई दुखको पल्लाभारि दिएर आएकोछु ।

मेरी पियारि

दुख नमान्

यो तिम्रो यारालाई धोकेबाज नठान

दुखसंग कहिल्यै हारिन 

सायद  तिम्रो साथ थियो पियारी

दुखै दुखले प्वाल परेको मेरो जिन्दागी टालिदै थियो 

सायद तिम्रो  हात थियो पियारी ।

त्यसैले मेरो जिवन प्वाल पर्दानी 

मेरो मन कहिले प्वाल परेन

हिम्मतहरु प्वाल परेन 

पियारी ! तिमीलाई फोन गरेको दिन  

बिरामी आमासंग हजुरलाई भेट्न आउछु भनेको दिन  

कसम मलाई मेरो भोलि थाहा थिएन  

हो पियारी म कतारबाटै स्वर्ग आएको छु 

हो आमा म कतारबाटै इन्द्रको देशमा आएको छु। 

पियारी मैले तिमीलाई कहिले पो सुख दिए र? 

तिम्रो जन्म दिनमा 

हाम्रो बिहे भएको हरेक वर्ष गाँठमा

तिम्रो जन्म दिनमा 

 तिमीले र मैले एउटै जीवनको गोरेटोमा 

हिड्ने निर्णय गरेको दिन 

मैले तिमीलाई मेरो आधा दुख दिएथे नी 

त्यसको ब्याज मात्रा दिए 

हो पियारी तिम्रो काँधमा 

मैले घोषण नगरेको 

अघोषित जिम्मेवारी छोडेर आएको छु

तिमी त कति अभागिनी रहिछौं 

कति दुखी रहेछौं ? 

ग्याजाहाबारीको मकैको बोटले तीनतले घोगा अन्माएको वर्ष 

त्यो मकैको बोटको त्यो तीनै वटै घोगाले दाना जन्माएको वर्ष

हाम्रो आँखा जुधेको थियो ।

रोदी घरको साँझ । 

गोठालो हिड्ने दहर

 चौपाया चर्ने खर्कहरु 

साक्षी राखी प्रेम उमारेका थियौं । 

हाम्रो सपनाहरु गहटका दानाहरु जस्तै थिए। 

अनि संगै बाँच्ने र मर्ने बाचाहरु कौनीका दानाहरु भन्दा साना थिए । अनि हाम्रो खुसीहरु सामाका बालाहरु जस्तै लह-लह थिए।

हुन त मलाई प्रदेश जान मनै थिएन । 

तिमीलाई छोडेर । 

तर म यस्तो देशमा जन्मिएछु । 

मलाई राहादानी बनाउन । 

परदेश जान दिनहुँ अनुरोध गरिरहन्थ्यो राजधानीले ।

salt training

कमेन्ट गर्नुहोस्