२५ जेठ २०८३, सोमबार

ओलीको घरमा पुगेर गृहमन्त्री निधिले भनेः एमालेको सभा विथोल्न निर्देशन दिएको छैन

कात्तिक २०, २०७४
ओलीको घरमा पुगेर गृहमन्त्री निधिले भनेः एमालेको सभा विथोल्न निर्देशन दिएको छैन
काठमाडौं, २० फागुन– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् ।
बिहिबार राति अबेर बालकोट पुगेर गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको ओलीलाई बताए ।

“मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्”भेटमा एमाले अध्यक्ष ओलीले भने “तर मलाई तपाईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने बिश्वास लाग्दैन । ”

एमालेले मंगलबार विज्ञप्ति जारी गर्दैमन्त्री निधिले एमाले कार्यकर्तालाई मेची– महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा मन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएको निधिले दाबी गरेका छन् ।

भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्