२४ जेठ २०८३, आइतबार

वाइडबडी जहाज खरिद प्रकरणमा बोले पर्यटनमन्त्री, दिए यस्तो चेतावनी

मंसिर १२, २०७५
वाइडबडी जहाज खरिद प्रकरणमा बोले पर्यटनमन्त्री, दिए यस्तो चेतावनी

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाडडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने बताएका छन् । 

उनले भने, ‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।’

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले आफूहरुले नेपालको हितमा र वायु सेवा निगमको हितमा काम गर्नको लागि निर्देशन दिएको जनाए । उनले भने,‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाईयो भने हामी शोधभर्ना गराउँछौं । सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं । सत्य, तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।’ यद्धपी उनले निगमलाई असफल पार्नको लागि प्रोपागाण्डा फैलाउने काम कसैबाट गर्न नहुनेपनि जिकिर गरे । 

उनले वाईडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको सुनाए । उनले भने,‘यो सरकार आएको एक दई महिनापछिमात्रै वाईडबडी आएको हो । त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालमा सिध्धिईसकेको थियो ।’ जहाज खरिदको सबै प्रक्रियामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहभागी भएको उनले स्पष्ट पारे । 

वाईडबडी आईसकेकोले अब यसलाई चलाउनुपर्ने उनको भनाई छ । तर, खरिद प्रकरणमा अनियमितता र गलत भएको पाईए कारबाही गर्ने अधिकारीले पूनः दोहोर्याए । उनले भने,‘यस विषयमा गहिरो र गम्भिर छलफल हुन्छ । गलत भेटिए हामी कारबाहीको प्रक्रिया बढाउँछौं ।’ उक्त वाईडबडी जहाज अहिले दैनिक करिब ७ घण्टामात्रै चलिरहेकोले अब यसलाई बढाएर दैनिक १३ देखि १४ घण्टासम्म पुर्याउने उनको विश्वास छ । उनले आगामी फेब्रुअरीबाट जापानको ओशाका र मार्चबाट चीन उडान भर्नेपनि जानकारी दिए ।

उनले मार्चपछि जहाज ‘फुल–फ्लेज्ड’मा सञ्चालन गरिने जनाए । 

उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउनको लागि यसको गन्तब्य बढाउन र फराकिलो पार्ने काम भैरहेको पनि जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्