२३ असार २०८३, मंगलबार

खाद्य सुरक्षा सरकोको विशेष प्राथमिकतामा

मंसिर १३, २०७५
खाद्य सुरक्षा सरकोको विशेष प्राथमिकतामा

काठमाडौँ–अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । 

इटालीको रोममा आयोजित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डलाई सम्बोधन गर्दै उनले खाद्य सुरक्षा सुनिश्चित गर्ने नेपाल सरकारको उच्च प्रतिबद्धता रहेको बताएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अर्थमन्त्री डा खतिवडाले एक वर्षभित्र सबै बालबालीकाको विद्यालय भर्ना, दुई वर्षभित्र निरक्षरताको अन्त्य, तीन वर्षभित्र आधारभूत खानेपानी र आधुनिक उर्जा र पाँच वर्षभित्र सबैलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । 

विश्व खाद्य कार्यक्रमले नेपालमा पु¥याएको सहयोगको प्रशंसा गर्दै उनले आर्थिक र सामाजिक विकासलाई समावेशी बनाउनेबताए । 

salt training

कमेन्ट गर्नुहोस्