
स्वीट्जरल्याण्ड– अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।
राष्ट्रसङ्घले यो बर्षको तापक्रमसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि आवश्यक ध्यानाकर्षण गर्न बिहीबार उक्त तथ्याङ्क सार्वजनिक भएको जनाएको छ ।
पोल्याण्डमा हुन लागेको कोप २४ जलवायु शिखर सम्मेलन हुन केही दिन बाँकी रहेका समय सार्वजनिक प्रतिवेदनमा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय मौसमविज्ञानसम्वन्धी निकायले विगत २२ बर्षमा २० बर्ष धेरै तापक्रम वृद्धि भएका बर्षका रूपमा उल्लेख गरेको छ भने सन् २०१८ लाई तापमान रेकर्डका हिसाबले चौथो उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइएको छ ।
राष्ट्रसंघीय उक्त निकायले भनेको छ, “यसको अर्थ विगत चार बर्ष अर्थात् सन् २०१५, सन् २०१६,सन् २०१७ र सन् २०१८ लाई तापक्रम वृद्धिको श्रृङ्खलाको निरन्तरताका रूपमा देखिएको छ ।”
“तापक्रम वृद्धि हुने प्रवृत्तिमा निरन्तर र प्रष्ट देखिएको छ,”
राष्ट्रसङ्घ मौसमविज्ञान मामिला संगठनका प्रमुख पेटरी तालसले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।
प्रतिवेदनमा बर्षको पहिलो १० महिनामा विश्वको औषत तापक्रम झण्डै एक डिग्री सेल्सियस कायम भएको पाइएको र यो औद्योगिक यूग पूर्व (सन् १८५०–सन् १९००ं०बीचको तापक्रम वृद्धिदरभन्दा बढी हो ।