काठमाडौं, २० फागुन — संसारमा अचम्मअचम्मका कुराहरू भेटिन्छन् । मान्छेले दिमाग लगाएर के के बनाउन सक्छ, भनिसाध्ये छैन । आज हामी तपाईंहरूलाई अचम्मका पुलहरूका बारेमा बताउँदैछौं । यिनलाई देख्दा तपाईं पनि एकचोटि त चकित हुनुहुनेछ ।

१. लकी नोट ब्रिज, चीनयो पुल चीनको चाङ्शा शहरमा रहेको ड्य्रागन किंग हार्बर नदीमा छ । यसको लम्बाइ ६०६ फीट र उँचाइ ७० फीट छ । यो पुलमा पैदल यात्रा मात्र गर्न पाइन्छ ।

२. बेनपो ब्रिज रेनबो फाउन्टेन, दक्षिण कोरियादक्षिण कोरियाको हेन नदीमाथि बनेको यो पुल मल्टीफंक्सनल छ । यसको लम्बाइ १४९५ मिटर छ । दिनमा भन्दा पनि रातमा यसलाई हेर्नुपर्छ । रंगीचंगी प्रकाशले यसको सुन्दरता बढाएको छ ।

३. सर्कुलर लगुना गार्जोन ब्रिज, उरुग्वेयो अचम्मको पुलले रोचा र मालडोनाडो शहरहरूलाई जोड्छ । यहाँबाट एकैचोटि हजारवटा गाडी आरपार गर्न सक्छन् ।

४. ड्रागन ब्रिज, भियतनामड्रागनको आकार भएकाृ पुल २१८५ फीट लामो छ । भियतनामको डा नाङ शहरमा छ यो पुल ।

५. हेन्डरसन वेभ्स ब्रिज, सिंगापुरसिंगापुरको बुकिट मेराहमा बनेको यो पुलबाट गाडीका अलावा मानिस पनि आरपार गर्छन् । पुल सकिनेबित्तिकै वेस्ट कोस्ट पार्क देखिन्छ ।
एजेन्सीको सहयोगमा