
काठमाडौं – चौतर्फी आलोचनापछि सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ ।
काठमाडौंमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोरबिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाएको हो ।
'काठमाडौं उपत्यकामा मंसिर १३ गतेदेखि १६ गतेसम्म लागू भएको जोरबिजोर प्रणाली गृहमन्त्रालयको निर्देशनमा मंसिर १४ गते ११:३० बजेदेखि हटाइएको व्योहोरा अनुरोध गरिएको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।
नागरिकहरूलाई सास्ती हुने गरी लागू गरिएको जोरबिजोर प्रणालीको सामाजिक सञ्चालमा व्यापक आलोचना भएको थियो । राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका युवा नेता गगन थापालगायतले सामाजिक सञ्जालमा यसको चर्को आलोचना गरेका थिए ।
हेर्नुहोस्, सूचना :
