३१ जेठ २०८३, आइतबार

रजनीकान्तको फिल्म २.० यो वेबसाइटमा भयो लीक, रिसाए रजनीका फ्यान

मंसिर १४, २०७५
रजनीकान्तको फिल्म २.० यो वेबसाइटमा भयो लीक, रिसाए रजनीका फ्यान

काठमाडौं —  रजनीकान्त र अक्षय कुमारको फिल्म २.० बिहीवार तलिमरकर्स नामक वेबसाइटले लीक गरिदिएको छ । 

तमिलरकर्स पहिलेदेखि नै फिल्मका पाइरेटेड कपी लीक गरिदिने कुख्यात वेबसाइट हो । 

फिल्म लीक भएपछि रजनीका प्रशंसकहरू रिसले चुर भएका छन् । उनीहरूले अधिकारीहरूलाई तमिलरकर्सविरुद्ध कारवाही चलाउन माग गरेका छन् । 

मद्रास उच्च अदालतले ३७ वटा इन्टरनेट सर्भिस प्रोभाइडरहरूलाई फिल्म पाइरेसी गरेर राख्ने १२ हजारभन्दा बढी वेबसाइट ब्लक गर्ने आदेश दिएको भए पनि २.० लीक भएको हो । 

तमिलरकर्सले दुई हजारभन्दा बढी वेबसाइट चलाउँछ र ब्लक लिस्टमा तिनीहरू सबै थिए तैपनि फिल्म चुहियो । 

शंकरले निर्देशित गरेको फिल्म २.० भारतको सबभन्दा महंगो फिल्म हो । यो बनाउन पाँच अर्ब भारुभन्दा बढी खर्च गरिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्