२५ जेठ २०८३, सोमबार

यस्तो छ प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’को नयाँ गीत [भिडियोसहित]

मंसिर १४, २०७५
यस्तो छ प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’को नयाँ गीत [भिडियोसहित]

काठमाडौं–बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र‘पाहुनाः द लिटिल भिजिटर्स’को ‘सानो नौलो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ ।

नेपाली भाषामा तयार पारिएको गीतमा अंग्रेजी सबटाइटल राखिएको छ । पियूष नेपाल र अभिव्यन्जना रुवी थतालको स्वर रहेको गीतमा सागर देसाइले संगीत भरेका छन् । पियूष नेपाल र प्रयास नेपालले यो गीत लेखेका हुन् । गीतको भिडियोमा इसिका गुरुङ र अनमोल लिम्बु फिचर्ड छन् ।

पाखी ए टायरवाला निर्देशित चलचित्र ७ डिसेम्बर, २०१८ अर्थात मंसिर २१ गते रिलिज हुँदैछ । चलचित्रलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । चलचित्रमा नेपालमा माओवादी आन्दोलनबाट बँचेर सिक्किम पुगेका तीन बालबालिकाको कथालाई प्रस्तुत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्