०५ असार २०८३, शुक्रबार

अफगानिस्तानमा खटिएका सैनिकले समर्थन गर्दा भावविह्वल भइन् श्रृङ्खला

मंसिर १४, २०७५
अफगानिस्तानमा खटिएका सैनिकले समर्थन गर्दा भावविह्वल भइन् श्रृङ्खला

मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडाले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरूको समेत समर्थन पाएर आफू भावविह्वल भएको बताएकी छन्।

चीनको हाइनान प्रान्तको सान्या नगरमा जारी मिस वर्ल्ड प्रतियोगितामा सहभागी श्रृङ्खला खतिवडालाई विश्वभरबाट समर्थन आउने क्रम जारी छ ।

उनलाई शुभकामना दिँदै समर्थन गर्नेहरूको सूचीमा अहिले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरू पनि थपिएका छन्। एक भिडिओ सन्देशमा ती सैनिकहरूले भनेका छन्,"श्रृङ्खला यसरी नै अभिप्रेरित रहिरहनु।"

आफ्नो इन्स्टाग्राममा गोर्खा राइफल्सका सदस्यहरूले पठाएको भिडिओ सन्देश राख्दै तीन दिनअघि खतिवडाले लेखिकी छन्, "अफगानिस्तान देखि ब्रिटिश सेनाको रोएल गोर्खा राइफल्सका सदस्यहरूबाट प्राप्त समर्थनका कारण म भावविह्वल भएकी छु। यसले मेरो लागि धेरै अर्थ राख्दछ। आभारी।"

उनलाई पठाएको सन्देशमा ब्रिटिश गोर्खामा कार्यरत नेपाली युवकहरूले लेखेका छन्, "अहिले अफगानिस्तानमा खटिएका फर्स्ट बटालियन रोएल गोर्खा राइफल्समा कार्यरत सैनिकहरू श्रृङ्खला खतिवडालाई आगामी मिस वर्ल्ड प्रतियोगितामा सफलताको लागि शुभकामना दिन चाहन्छौँ।"

प्रतियोगीहरू अन्तिम चरणको प्रतिस्पर्धातर्फ अघि बढ्दै गर्दा खतिवडालाई विश्वभर छरिएका नेपालीहरूको समर्थन आउने क्रम जारी रहेको देखिन्छ।

salt training

कमेन्ट गर्नुहोस्