
काठमाडौं – अक्टोबर क्रान्तिको १०१औं वार्षिकी वामपन्थी नेता तथा जनवादी कलाकारहरूले शनिवार काठमाडौंमा विशेष कार्यक्रम गरी मनाउने भएका छन् ।
विश्वमा पहिलोपटक रूसमा समाजवादी क्रान्ति भएको दिनलाई सम्झिँदै कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य सोनाम साथी संयोजक रहेको समितिले उक्त कार्यक्रम भव्यताका साथ मनाउने तयारी गरिरहेको छ ।
कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने नेकपा नेता मणि थापाले जानकारी दिए । कार्यक्रममा वामपन्थी कलाकारहरूले जनवादी गीत गाएर अक्टोबर क्रान्तिलाई सम्झिने छन् ।