३१ असार २०८३, बुधबार

बलिउड अभिनेता राजपाल यादवलाई ३ महिनाको जेल सजाय

मंसिर १४, २०७५
बलिउड अभिनेता राजपाल यादवलाई ३ महिनाको जेल सजाय

नयाँ दिल्ली– चेक बाउन्स प्रकरणमा बलिउड अभिनेता राजपाल यादवले जेल सजाय पाएका छन् । दिल्ली उच्च अदालत (हाई कोर्ट)ले शुक्रवार अभिनेता यादवलाई जेल सजाय सुनाएको हो । 

ट्रायल कोर्टमा गरिएको सम्झौताअनुसारको रकम तिर्न अभिनेता यादव असफल रहे । उक्त मामलामा कडा देखिएको दिल्ली हाई कोर्टले यादवलाई ३ महिनाको जेल सजाय सुनाएकाे हाे । 

बलिउड अभिनेता यादवले सन् २०१० मा ५ करोड भारु ऋण लिएका थिए । यादवले उक्त ऋण चुक्ता नगरेपछि ऋण दिने व्यक्तिले अदालतमा मुद्दा दायर गरे । यही वर्ष अदालतमा यादवले १० करोड ४० लाख रुपैयाँ भारु फिर्ता गर्ने सम्झौता पनि भएको थियो । तर, राजपाल उक्त रकम फिर्ता गर्न असफल रहे । जसका कारण दिल्ली हाई कोर्टले उनलाई जेल पठाइदियो । 

इन्दौर बस्ने सुरेन्दर सिंहसँग राजपालले केही निजी कामका लागि भनेर ऋण लिएका थिए । उक्त ऋणको फिर्ताका लागि यादवले एक्सिस बैंकको चेक सुरेन्दरलाई दिएका थिए । 

तर, सेप्टेम्बर २०१५ मा उक्त चेक साट्न बैंकमा जाँदा बाउन्स भयो । चेक बाउन्स भएपछि सुरेन्दरले वकिलमार्फत राजपाललाई नोटिस पठाएका थिए । तर, भुक्तानी नपाएपछि उनी अदालत गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्