काठमाडौं- नेपालका लागि नेपाली अभियानले सरकारसमक्ष विभिन्न १५१ बुँदे माग पेश गरेको छ । १५१ बुँदे मागसहितको ज्ञापनपत्रप्रधानमनत्री केपी शर्मालाई ज्ञापनपत्र बुझाइएको नेपालका लागि नेपाली राष्ट्रिय कार्यसमितिले जनाएको छ ।
नेपाली अभियानले देशभरिबाट संकलन गरेको नेपाली नागरिकहरुको एक सय एकाउन्न सुत्रीय मागहरु तत्काल पूरा गर्न माग गरेको छ ।
१५१ बुँदै विस्तृत मागहरु पुरा नभएका वा तत्काल पूरा नगरिएको खण्डमा माग पूरा गराउनका निमित्त शान्तिपूर्ण नागरिक आन्दोलनमा जान आम नेपाली नागरिकलाई आह्वान गर्न अभियान बाध्य हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
भ्रष्टाचार अन्त्यका लागि नागरिक आयोग गठन, संविधान सुधार, संशोधन र पुनर्लेखन, न्यायपालिकाको आमूल सुधार, राष्ट्रियता धरासायी बनाउनेमाथिको कारवाही, बेथिति अन्त्य गरी असल शासनको वहालीलगायतका विभिन्न ८ महत्वपूर्ण विषयमा १५१ मागहरु ज्ञापनपत्रमा समेटिएका छन् ।