११ असार २०८३, बिहीबार

चिसो बढेसँगै वर्षा र हिमपातको सम्भावना, तापक्रम कहाँ कति ?

मंसिर १५, २०७५
चिसो बढेसँगै वर्षा र हिमपातको सम्भावना, तापक्रम कहाँ कति ?

काठमाडौं – मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औंल्याएको छ । 

शनिवार उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । 

आइतवार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । शनिवार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ तथा अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री रहेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरमा अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ ।

salt training

कमेन्ट गर्नुहोस्