१० असार २०८३, बुधबार

अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

मंसिर १५, २०७५
अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपतिको एच जर्ज डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्। 

“पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ । 

स्वर्गीय बुशले नेपालमा प्रजातन्त्र पुनःस्थापनामा देखाभएको सद्भाव सधै स्मरणीय रहेको काङ्ग्रेसले जनाएको छ । “स्वर्गीय बुशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको घडीमा अमेरिकी सरकार, अमेरिकी जनता तथा स्व बुशको समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,”विज्ञप्तिमा भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्