११ असार २०८३, बिहीबार

जेलमा रहेका क्याटलान नेताद्वारा भोक हडताल शुरू

मंसिर १५, २०७५
जेलमा रहेका क्याटलान नेताद्वारा भोक हडताल शुरू

म्याड्रिड–स्पेनको क्याटलोनियाको स्वतन्त्रताको लागि भन्दै अभियान चलाएका दुई नेताले यहाँको जेलमा शनिबारदेखि भोक हडताल शुरू गरेका उनीहरूका वकीलले जनाएका छन् । 

स्वतन्त्रता आन्दोलनका प्रभावशाली नेता जोर्डी साञ्चेज र क्याटलोनियाका पूर्व सरकारका मन्त्री जोर्डी टुरूलले जेलमा नै आफ्नो स्वतन्त्रताको माग सम्बोधनका लागि भोक हडतालमा उत्रिएका वकील जोर्डी पिनाले बताउनुभयो । जेलमा बसेर आफ्नो आन्दोलनबारे जनचेतना फैलाउने भन्दै भोक हडतालको थालनी गरेका हुन् । 
वकील पिनाले भन्नुभयो, “मैले यो बाटो लिन सुझाब दिएको होइन । यो मेरा ग्राहकको निर्णय हो र उनीहरूलाई मेरो पूर्ण सहयोग रहनेछ ।” 

पिनाले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “भोक हडतालमा उत्रेका दुई नेताले स्पेनी संवैधानिक अदालतले आफुलाई गैरकानूनी रूपमा जेलमा राखिएको दावीसहित यूरोपेली मानव अधिकार अदालतमा जानबाट रोकेको दावी गरिएको छ । जेलमा नै राखिएका अन्य पाँच नेताले भोक हडतालमा भाग लिने वा नलिने भन्ने बिषयमा आफुलाई थाहा नभएको उहाँले जनाउनुभयो । 

स्पेनको सर्वोच्च अदालतले गत अक्टोबरमा एक आदेशमार्फत १८ पूर्व क्याटलोनियाली पृथकतावादी नेताविरुद्धको मुद्दामा सुनुवाई अघि बढाउन भनेको छ । अभियोजनकर्ताहरूले क्याटलोनियाको स्वतन्त्रताका लागि जनतालाई उत्तेजित पारेको र राष्टघाती निर्णयहरू गरेको आरोपमा २५ सबैजनालाई कम्तिमा २५ बर्षको जेल सजाय हुनुपर्ने दावीसहित उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । उहाँहरूको मुद्दामा सन् २०१९को शुरुमा सुनुवाई हुने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्