१० असार २०८३, बुधबार

बसको ठक्करबाट एक जनाको मृत्यु

मंसिर १६, २०७५
बसको ठक्करबाट एक जनाको मृत्यु

धादिङ– धादिङमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई थाक्रे गाउँपालिका–६ दशकिलामा बिहान ८ बजे ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई बा ३ ख ८३९५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार अर्का १ व्यक्ति सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनको अहिले धार्के अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्