३१ जेठ २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अाज पनि बस्दै : विधानमाथिकाे छलफल जारी रहने

मंसिर १७, २०७५
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अाज पनि बस्दै : विधानमाथिकाे छलफल जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार पनि बस्दैछ । आजको बैठकमा पनि पार्टीको विधान मस्यौदामाथिको छलफल जारी रहने छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेपछि बस्ने तय भएको कांग्रेसले जनाएको छ । विगत केही दिनदेखि जारी बैठकमा विधान बाहेक समसामयीक विषयमा पनि छलफल हुँदै आएको नेताहरुले जनाएका छन् ।

बैठकमा पार्टीको विधानमाथि छलफल गर्दैगर्दा नेताहरु ध्रुवीकृत भएका छन् । संस्थापन पक्षका नेताले पार्टी सभापतिलाई अझ शक्तिशाली बनाउने विधान संशोधनको पक्षमा छन् भने संस्थापन इतरपक्षले सभापतिलाई शक्तिशाली बढाउने गरी ल्याइएको नयाँ प्रावधान राख्न नहुने पक्षमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्