
काठमाडौं — भारतको राजस्थान र तेलंगानामा चुनावको वातावरण बनिरहँदा अनेकथरी झूटा खबर फैलिरहेका छन् ।
यसै क्रममा सामाजिक सञ्जालमा राम करेन्सीको नोट अमेरिका र नेदरल्यान्ड्समा आधिकारिक रूपमा प्रयोग गरिने बताइएको छ र ट्विटरमा मानिसले नोटको तस्वीर पनि शेयर गरेका छन् ।
केही प्रयोगकर्ताले यी नोटहरूको विस्तृत विवरण समेत तयार पारेका छन् । जस्तो, १८ भाषामा राम लेखिएको छ अनि चम्किलो रंगीन नोटमा प्रभु रामको चित्र छ र त्यसको मूल्य युरो र डलरभन्दा बढी छ ।
तर बीबीसीले यसको अनुसन्धान गर्दा राम मुद्रा त भएको तर त्यो आधिकारिक रूपमा चल्ने दाबी चाहिँ नक्कली रहेको पायो ।
नेदरल्यान्ड्स र अमेरिकाका केन्द्रीय बैंकहरूले राम मुद्रालाई कहिले पनि आधिकारिक मुद्रा मानेनन् ।
अमेरिकाको मध्यपश्चिमी भागमा रहेको आयोवा राज्यको महर्षि वेदिक सिटीमा द ग्लोबल कन्ट्री अफ वर्ल्ड पीस नामक संस्थाले सन् २००२ मा यो नोट बाँडेको थियो ।
त्यसै वर्ष त्यही संस्थाले नेदरल्यान्ड्समा पनि राम मुद्रा बाँडेको थियो ।
यो संस्था महर्षि महेश योगीले गरेका थिए ।
सन् २००८ मा महर्षिको निधन भएपछि यो मुद्राको वर्तमान स्थितिको बारेमा कुनै जानकारी उपलब्ध छैन ।
तर यो मुद्रा वैदिक सिटीको मुख्य आकर्षणको सूचीमा अहिले पनि संलग्न छ ।
यो संस्थाले आफ्नो वेबसाइटमा लेख्यो, ‘सन् २००२ को फेब्रुअरी २४ मा वैदिक सिटीले राम मुद्रा बाँड्न शुरू गरेको थियो । सिटीको आर्थिक विकासका लागि र स्थानीय व्यापार प्रवर्द्धनका लागि सिटी काउन्सिलले राम मुद्रा प्रचलनमा
ल्याएको थियो ।’
‘कागजको एक राम मुद्राको मूल्य १० अमेरिकी डलर निर्धारण गरिएको छ । त्यो रेटमा जसले पनि राम मुद्रा किन्न सक्छ । नोटमा तीनवटा विकल्प छन् । एक राम, पाँच राम र दश राम ।’
अर्थात्, यो मुद्राको प्रयोग आश्रमभित्र मात्र वा आश्रमका दिस्यबीच मात्र हुन्छ ।’
अमेरिकाको टेक्सास विश्वविद्यालयमा एसोसिएट प्राध्यापक पंकज जैनले अघिल्लो वर्ष एउटा ट्वीट लेखेर अमेरिकास्थित महर्षि वैदिक सिटीले वैदिक शैलीको कृषि, स्वास्थ्य सेवा र शिक्षाका साथै राम मुद्रा शुरू गरेको लेखे ।
कुनै समयमा महर्षि महेश योगीका अनुयायीको संख्या ६० लाखभन्दा बढी थियो ।
त्यतिखेर राम मुद्रालाई एक बोन्डका रूपमा बेचियो ।
बीबीसीको एक पुरानो रिपोर्टअनुसार, सन् २००३ मा नेदरल्यान्ड्समा करीब १०० पसल, ३० गाउँ र शहरका केही भागमा राम मुद्रा चल्थ्यो ।
त्यतिखेर डच केन्द्रीय बैंकले राम मुद्रामाथि निगरानी गरेको बताएको थियो ।
बैंकले महर्षिको संस्थाले आफ्नो समूहमा मात्र यो मुद्रा प्रयोग गर्ने र कानून नमिच्ने विश्वास गरेको थियो ।
बीबीसी हिन्दीबाट