११ असार २०८३, बिहीबार

भारतमा दुर्घटनामा वर्षेनी यसकारण हुन्छ दशौँ हजारको मृत्यु

कात्तिक २०, २०७४
भारतमा दुर्घटनामा वर्षेनी यसकारण हुन्छ दशौँ हजारको मृत्यु


नयाँ दिल्ली, २० फागुन - पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।accident

घटनामा अन्य घाइते भएका छ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

हनुमानगढ जिल्लाको लाखुवाली सहरमा भएको उक्त घटनामा सडकमा उभिरहेका केही व्यक्तिको समेत मृत्यु भएको बताइएको छ ।

यात्रुले खचाखच जिप र विपरित दिशाबाट आएको ट्रक एकआपसमा जुधेपछि सडक छेउमा उभिएका स्थानीयलाई समेत धक्का दिन पुगेको र १७ जनाका घटनास्थलमै मृत्यु भएको भारतीय वरिष्ठ प्रहरी अधिकारी पुष्पेन्दर सिंहले बताए ।

प्रारम्भिक अनुसन्धानबाट घटना चालकको लापरवाहीका कारण भएको देखिएको छ भने थप अनुसन्धान जारी रहेको सिंहले बताए ।

भारतमा कमजोर ग्रामीण सडक संरचना र चालकको लापरवाहीका कारण हरेक वर्ष दशौँ हजार मानिसको मृत्यु हुनेगर्छ ।

भारतीय सडक यातायात मन्त्रालयले दिएको जानकारी अनुसार सन् २०१५ मा भएका पाँच लाख एक हजार ४२३ सडक दुर्घटनामा एक लाख ४६ हजार १३३ मृत्यु भएको र पाँच लाख २७९ व्यक्ति घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्