
तनहुँ– नरभक्षी चितुवाले भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिका खाएपछि त्यसको निरन्तर निगरानी गर्नका लागि क्यामेरा राखिने भएको छ ।
चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषको ‘डार्टिङ” टोलीले सम्भावित क्षेत्रमा चार वटा क्यामेरा राख्न लागेको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । सम्भावित क्षेत्रमा क्यामेरा राखेपछि चितुवा कता गइरहेको छ भन्ने विषयमा जानकारी लिन सजिलो हुने उनले बताए ।
चितुवाको आक्रमणबाट भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको ज्यान गएपछि चितुवालाई नियन्त्रण गर्न पासो थापे पनि नियन्त्रणमा लिन नसकेपछि पुनःविज्ञ टोली आएर उक्त क्यामेरा राख्न लागेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, सशस्त्र वन रक्षक, प्रकृति संरक्षण कोषको डार्टिङ टोली समेतलाई परिचालन गरी चितुवा नियन्त्रणको लागि प्रयासहरु भैरहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।