०४ असार २०८३, बिहीबार

राप्रपामा विवाद चुलियो, कमल थापाको निर्णयमा आपत्ति जनाउँदै के भने लोहनीले ?

कात्तिक २०, २०७४
राप्रपामा विवाद चुलियो, कमल थापाको निर्णयमा आपत्ति जनाउँदै के भने लोहनीले ?
काठमाडौं, २० फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रबारको बैठकबाट चुनाव चिन्ह गाई राख्ने निर्णय भएसँगै विवाद चुलिएको छ ।lohani
नेता प्रकाशचन्द्र लोहनीले चुनाव चिन्ह गाई राखिनु विगतको सहमति विपरित हो भन्दै हलोप्रति आस्था राख्ने नेता कार्यकर्तालाई धर्य गर्न अनुरोध गरेका छन् ।
शुक्रबार राती उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राप्रपाले चुनाब चिन्ह हलो छोडेको छ। यसमा मेरो असहमति छ । एकता हुँदाको समय झन्डा राप्रपा –नेपाल) को हुने भनि सहमति भएको हो । चुनाब चिन्हको हकमा हलो हुने समजदारी भएको हो । आज त्यो समझदारी बिपरित निर्णय भएको छ। राप्रापा हलोप्रति आस्था राख्ने सबै साथीहरु लाई धैर्य राख्न अनुरोध गर्दछु।’
लोहनीलगायतका नेताहरुको असहमतिका बाबजुत अध्यक्ष कमल थापाले केन्द्रीय समितिबाट ‘बहुमत केन्द्रीय सदस्यको चाहना’ भन्दै चुनाव चिन्ह गाई राख्ने निर्णय गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्