०२ साउन २०८३, शनिबार

पुष्पन प्रधानको स्वरमा ‘समर लभ’को पहिलो गीत सार्वजनिक

मंसिर १८, २०७५
पुष्पन प्रधानको स्वरमा ‘समर लभ’को पहिलो गीत सार्वजनिक

काठमाडौं– सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर सोही नाममा बनेको चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ ।

पुष्पन प्रधानको शब्द, संगीत तथा स्वरमा ‘साया’ बोलको गीत सार्वजनिक गरिएको हो । स्वरमा पुष्पनलाई बानिका प्रधानले साथ दिएकी छिन् ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई रोमान्टिक मुडमा फिचरिङ गरिएको छ । यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । मुस्कान ढकाल निर्देशित यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माण यूनिटकले यसअघि चलचित्रको टिजर सार्वजनिक गरिसकेको छ ।

चलचित्र ‘समर लभ’मा आशिष र रेवतीका साथमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतिक लगायतको पनि मुख्य भूमिका छ । सुबिनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविन दुबैले साझेदारी गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्