०५ असार २०८३, शुक्रबार

जिब्रोले निधार छुने यज्ञबहादुरबारे बेलायती पत्रिकामा चर्चा, के भन्छन् उनी ? [भिडियोसहित]

मंसिर १८, २०७५
जिब्रोले निधार छुने यज्ञबहादुरबारे बेलायती पत्रिकामा चर्चा, के भन्छन् उनी ? [भिडियोसहित]

काठमाडौं — मोरङ जिल्लास्थित उर्लाबारीको एक विद्यालयको बस चलाउने यज्ञबहादुर कटुवालको अनौठो प्रतिभा छ । 

आफूसँग संसारकै सबभन्दा लामो जिभ्रो भएको उनी दाबी गर्छन् । उनले तल्लो ओठले नाक छोप्न सक्छन् अनि जिभ्रोले आँखीभौं चाट्न सक्छन् । 

उनका एक साथीले सामाजिक सञ्जालमा उनको निधारमा जिभ्रोले चाटिरहेको भिडियो पोस्ट गरेपछि उनी स्थानीयहरूमाझ चर्चित भएका छन् । 

तर उनलाई गाडी चलाइरहेको बेलामा आफ्नो अनौठो प्रतिभा नदेखाउन चेतावनी दिइएको छ किनकि विद्यार्थीहरू डराउँछन् । 

‘बच्चाबच्ची मनजिक आउनै चाहँदैनन् । मलाई देखेर कसैकसैले त पाइन्टमै सूसू गरिदिन्छन्,’ उनले भने । 

‘मैले हरर फिल्ममा खेल्ने मौका पाएँ भने मेकअप नलगाइकनै मान्छेलाई तर्साउन सक्छु ।’

केही मानिसले उनलाई नराम्रो भने पनि कटुवाललाई केही फरक पर्दैन । उनी भन्छन्, ‘म यस्तैमा गजब देखिन्छु ।’ अनि उनी फेरि ओठले नाक छोप्छन् ।

कटुवालले गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने आशा गरेका छन् । 

कटुवालको भिडियो बनाएका पुष्कर नेपाल भन्छन्, ‘उनी शारीरिक र मानसिक रूपमा तन्दुरुस्त छन् । उनले सानै उमेरमा आफ्नो निधार चाट्न सक्ने कुरा पत्ता लगाएका थिए ।

उनको जम्मा एउटा दाँत छ जसले गर्दा उनी यस्तो अद्भुत काम गर्न सक्छन् । उनको क्षमता अनौठो छ र गजबको पनि लाग्छ ।

हेर्नुहोस्, भिडियो :
द डेली मेलबाट 
 

salt training

कमेन्ट गर्नुहोस्