०९ साउन २०८३, शनिबार

ढोरपाटन महिला भलिबल माघ पहिलो साता

मंसिर २२, २०७५
ढोरपाटन महिला भलिबल माघ पहिलो साता

काठमाडौं– आगामी माघ पहिलो साताबाट १४ औँ संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता शुरु हुने भएको छ । आयोगक ढोरपाटन स्पोर्टस क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।

नयाँ बसपार्कस्थित सो क्लबको भलिबल कोर्टमा १४ दिन चल्ने च्याम्पियनसिपमा विभिन्न ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा एपिएफ क्लब, न्यू डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स हाई स्कूल, श्री गाउँ स्पोर्ट्स विकास कमिटी, चितवन टाइगर्स, पारामाउन्ट हाई स्कूल, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपको विजेताले रु तीन लाख ५० हजार, उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख पाउने छन् । यस्तै चौथाँै हुनेलाई ६० हजार, पाँचौँ हुनेलाई ४० हजार, छैटौँ हुनेलाई ३० हजार र सातौँ हुने टोलीलाई रु २० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशि बढाइएको छ ।
 
प्रतियोगितामा उकृष्ट खेलाडी, उदयमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्नेले सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् । व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्विकर र उत्कुष्ट प्रशिक्षकले जनही रु छ हजारका दरले पुरस्कार पाउने छन् । 
पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, सेव स्कूलका प्रधानाध्यापक युवराज थापालगायतको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्