१२ असार २०८३, शुक्रबार

काठमाडौंको खुल्ला मञ्चमा मोबाइल फाल्ने प्रतियोगिता !

कात्तिक २०, २०७४
काठमाडौंको खुल्ला मञ्चमा मोबाइल फाल्ने प्रतियोगिता !
काठमाडौं, फागुन २१–काठमाडौंको खुलामञ्चमा शनिबार मोवाइल फ्याक्ने प्रतियोगिता सम्पन्न भएको छ ।
रोटरी क्लव अफ रुद्रमति काठमाडौले यहाँं मोबाइल फाल्ने प्रतियोगिताको आयोजना गरेको हो । कलर्स मोवाइल, गोर्खा इको प्यानललगायतको संस्थाहरुको प्रायोजनमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा कुल महिला र पुरुष गरी एक सय ४९ प्रतिस्पर्धी प्रतिस्पर्धामा सहभागी भएका थिए ।

प्रतियोगीमध्येबाट पुरुषमध्येबाट एकजना र महिलामध्येबाट एकएक जनालाई कलर्स मोवाइल पुरस्कारस्वरुप वितरण गरिएको छ ।

प्रतिगितामा पुरुषमध्येमा सवैभन्दा वढी निरज भण्डारीले ६४ दशमलब एक र महिलामध्येबाट पुष्पा सुवेदीले २८ दशमलब ६ मिटर परसम्म मोवाइल फाल्न सफल भई पुरस्कृत भए ।

पुरस्कृतलाई आयोजक संस्थाका अध्यक्ष कार्कीले कलर्स ब्राण्डको पी ३२ मोडेलको एकएक वटा मोवाइल सेट पुरस्कारस्वरुप वितरण गरे । यसअघि दुई वर्ष अगाडि पनि टुँंडिखेलमै यस्तै प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

तत्कालिन आयोजक रोटरी क्लव अफ रुद्रमति काठमाडौंका अध्यक्ष कृष्णराम देउपालाले त्यतिबेला मगुको हिटवडा गाविसका २५ जना महिलालाई सिमसहित नयाँं मोवाइल निशुल्क वितरण गरेको स्मरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्