२६ जेठ २०८३, मंगलबार

ईपीएल : ललितपुरसँग र चितवन भिड्दा भैरहवाले पोखरासँग प्रतिस्पर्धा गर्ने

मंसिर २३, २०७५
ईपीएल : ललितपुरसँग र चितवन भिड्दा भैरहवाले पोखरासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं–शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग –ईपीएल) क्रिकेटअन्तर्गत आइतबार दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा ललितपुर प्याट्रियस र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । 

यसैगरी दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले खेल्नेछ । यसअघि हिजो भएको खेलमा करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले विजयी शुरुवात गरेको छ । 
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन विकेटले पराजित गर्दै विराटनगरले विजयी शुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभरमा नौ विकेट गुमाएर १०४ रनको मध्यम स्कोर बनाएको थियो । एक सय ५ रनको विजयी लक्ष्यमा विराटनगरले दुई बल बाँकी हुँदा पूरा ग¥यो ।

 जितसँगै विराटनगरले दुई अङ्क जोडेको छ । प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्