०४ असार २०८३, बिहीबार

दीपिका बनिन् एसियाकै सबभन्दा कामुक महिला

मंसिर २३, २०७५
दीपिका बनिन् एसियाकै सबभन्दा कामुक महिला

काठमाडौं — बलिउड अभिनेत्री दीपिका पादुकोण ईस्टर्न आई नामक पत्रिकाको सेक्सिएस्ट एसियनको सूचीमा पहिलो स्थानमा पुगेकी छन् । 

अघिल्लो वर्ष पनि यही सूचीमा पहिलो स्थानमा थिइन् । 

दीपिकाका लागि यो वर्ष फलिफाप रहेको छ । उनले खेलेको पद्मावत फिल्म सुपरडुपर हिट भयो । यसै वर्ष उनको विवाह पनि भयो । 

अनि धनीहरूको रेकर्ड राख्ने फोर्ब्स पत्रिकाको सूचीमा पनि दीपिका पाँचौं स्थानमा रहिन् । 

त्यसमाथि अहिले उनी एसियाकै सबभन्दा कामुक महिला घोषित भएकी छन् । दोस्रो स्थानमा प्रियंका चोपडा छिन् ।

हालै दीपिकाले जीक्यू नामक म्यागजिनका लागि निकै हट फोटोशूट गराइन् । त्यसमा उनी बहुतै बोल्ड देखिएकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्