११ असार २०८३, बिहीबार

रजनीकान्तको २.० को हिन्दी संस्करणले कमायो डेढ अर्ब भारु

मंसिर २३, २०७५
रजनीकान्तको २.० को हिन्दी संस्करणले कमायो डेढ अर्ब भारु

काठमाडौं — सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । 

फिल्मको हिन्दी भर्जनले नौ दिनमा १५४ करोड ७५ लाख भारु कमाएको छ । 

हिजै शनिवार मात्र पनि फिल्मले ९ करोड १५ लाख भारुको व्यापार गरेको हो । 

हिन्दी भर्जनले मात्रै २०० करोड भारु कमाउने अपेक्षा गरिएको छ । 

लगभग ६०० करोड भारुमा बनेको यो फिल्म भारतको अहिलेसम्मकै महंगो चलचित्र हो । प्राविधिक रूपमा यो एकदमै एड्भान्स्ड फिल्म हो । 

भारतीय सिनेमा उद्योगमा ३डीमा शूट गरिएको यो पहिलो फिल्म हो । अहिलेसम्म फिल्मलाई पहिले सामान्य क्यामराले शूट गरिन्थ्यो अनि पछि ३डी बनाइन्थ्यो । 

फिल्मको भिजुअल ट्रीटमेन्ट गजबको छ । फिल्म हेर्दै थाहा हुन्छ, यसमा निकै मेहनत परेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्