
काठमाडौं — आजकल बिहान उठ्नेबित्तिकै मानिसहरू आफ्नो मोबाइल फोन चेक गर्छन् र मोबाइल हेर्दाहेर्दै सुत्छन् ।
अनि ब्याट्री सकिएपछि मानिसहरू फोन चार्ज गर्दागर्दै पनि प्रयोग गरिदिन्छन् । तर यसले निकै घात गर्छ ।
मलेसियाले १६ वर्षका एक युवकले ईयरफोन लगाएरै सुत्ने हुँदा ज्यान गुमाउनुपरेको छ । उनको फोन चार्जमा थियो र उनले कानमा ईयरफोन घुसाएका थिए । चार्जका क्रममा करेन्ट लागेर उनको कानबाट रगत निस्क्यो र उनको मृत्यु भयो ।
यो घटना मलेसियाको नेगेरीको रेम्बू शहरमा भएको हो । युवकको नाम मोहम्मद आदिल अजहर जहारिन हो ।
आदिल सुतिरहेको देखेपछि उनकी आमा काम गर्न बाहिर गइन् ।
घर फर्किंदा पनि आदिल सुतिरहेको देखेपछि उठाउन खोजिन् । उनी नउठेपछि महिलाले चिकित्सकलाई बोलाइन् । चिकित्सकले उनलाई मृत घोषणा गरे ।
आदिलको कानबाहेक अन्त कतै चोट देखिएन । अटोप्सी गर्दा थाहा भयो, उनको मृत्यु करेन्ट लागेर भएको रहेछ ।
एजेन्सी