१६ असार २०८३, मंगलबार

ट्रम्पले लगाए ओबामालाई यस्तो आरोप

कात्तिक २०, २०७४
ट्रम्पले लगाए ओबामालाई यस्तो आरोप


वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्ना पूर्ववर्ती बाराक ओबामाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका समय आफ्नो फोन सुन्ने गरेको आरोप लगाउनुभएको छ ।donald trump12

राष्ट्रपति ट्रम्पले ओबामालाई कुनै फोनवार्ता सुनेर के गर्नुभयो भन्ने कुनै अप्रिय तथा कडा दाबी नगरे पनि आफ्नो फोनवार्ता गैरकानुनी रुपमा सुन्ने गरेको बताउनुभएको छ ।

“मलाई लाग्छ राम्रो वकिलले अमेरिकी निर्वाचनकै पूर्वसन्ध्या अर्थात् सन् २०१६ को अक्टोबरमा मेरो फोनवार्ता गैरकानुनी रुपमा सुनेको दृष्टान्तले राम्रो मुद्दाको रुप लिन सक्छ”, ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ ।

अर्को एक ट्वीटमा उहाँले भन्नुभएको छ, तत्कालीन राष्ट्रपति बाराक ओबामाले मेरो कुराकानी सुनेर पवित्र निर्वाचन अभियानका समय कति ‘नीच’ काम गर्नुभयो । यो निक्सा /वाटरगेट हो । सन् १९७४ मा तत्कालीन अमेरिकी उच्च अधिकारीले गरेको शक्तिको दुरुपयोगका लागि वाटरगेट प्रकरणलाई स्मरण गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्