२३ जेठ २०८३, शनिबार

सार्क चार्टर मिटिङमा पाकिस्तान नियन्त्रित कश्मीरका मन्त्री पुगेपछि बिच्कियो भारत

मंसिर २४, २०७५
सार्क चार्टर मिटिङमा पाकिस्तान नियन्त्रित कश्मीरका मन्त्री पुगेपछि बिच्कियो भारत

काठमाडौं — आइतवार इस्लामाबादमा राखिएको सार्क चार्टर बैठकबाट भारतीय कूटनीतिज्ञ शुभम सिंहले वाकआउट गरेका छन् । 

पाकिस्तान अधीनस्थ कश्मीरका एक मन्त्रीलाई बैठकमा देखेपछि सिंहले बहिष्कार गरेका हुन् । उक्त बैठकमा पीओकेका मन्त्री चौधरी मोहम्मद सईदलाई वक्तका रूपमा बोल्ने अवसर दिइएको थियो । 

भारतले पाकिस्तानको यस कदमविरुद्ध कडा प्रतिरोध व्यक्त गर्दै बैठक बहिष्कार गरेको हो । भारतले भारत अधीनस्थ कश्मीरको सरकार र मन्त्रीलाई मान्यता नदिने कूटनीति अपनाएको छ । 

भारतको यो कूटनीतिक लाइनमा पालन गर्दै भारतीय जनप्रतिनिधि, सरकारी अधिकारी र कूटनीतिज्ञहरूले पीओकेका मन्त्री र अधिकारीसँग मञ्च शेयर गर्ने गरेका छैनन् । भारतको यस विरोधमाथि इस्लामाबादले कुनै औपचारिक प्रतिक्रिया दिए नदिएको विषयमा प्रस्ट भएको छैन । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्