२५ जेठ २०८३, सोमबार

प्रहरीले फेसबूकमा अपराधी पक्रिन गर्‍यो पोस्ट, अपराधीले गरे ४८ घन्टामा सरेन्डर

मंसिर २४, २०७५
प्रहरीले फेसबूकमा अपराधी पक्रिन गर्‍यो पोस्ट, अपराधीले गरे ४८ घन्टामा सरेन्डर

काठमाडौं — अमेरिकाको रिचल्यान्डमा प्रहरीले एन्थोनी एकर्स नामक व्यक्तिलाई पक्रिनका लागि फेसबूकमा एउटा विज्ञापन पोस्ट गरेको छ । पोस्टमा टिप्पणी गर्दै एन्थोनीले आफू ४८ घन्टाभित्र प्रहरीसमक्ष पुग्ने बताए । 

यस्तो वाचा गरेको तेस्रोपटकमा बल्ल उनले आत्मसमर्पण गरेका हुन् । 

रिचल्यान्ड प्रहरी विभागले अपराधीहरूलाई समात्नका लागि सामाजिक सञ्जालमा विज्ञापन निकाल्ने गरेको छ । त्यसलाई वान्टेड वेडनसडे भनिन्छ । 

विज्ञापनमा लेखिएको थियो, ‘एन्थोनी एकर्सलाई पक्रिन प्रहरी सफल भएन । कसैसँग जानकारी छ भने यहाँ उल्लेख गरिएको नम्बरमा सूचना दिनुहोला ।’

विज्ञापन पोस्ट गरेपछि एन्थोनीले जवाफ फर्काए । उनले लेखे, ‘म एन्थोनी एकर्स हुँ । म आत्मसमर्पण गर्न तयार छु ।’

त्यसपछि प्रहरीले ‘तिमीलाई लिनका लागि गाडी पठाउनुपर्छ भने भन’ भनी लेख्यो ।  

एन्थोनीले आउँछु भने पनि दुईचोटिसम्म पनि प्रहरीकहाँ गएनन् । प्रत्येकचोटि माफी माग्दै आफू पक्कै आउने उनले बताए । 

अनि तेस्रोचोटि चाहिँ एन्थोनीले वाचा पूरा गरे र डिसेम्बर ४ मा रिचल्यान्ड प्रहरीसमक्ष आत्मसमर्पण गरे । उनले प्रहरी अधिकारीहरूसँग सेल्फी लिए र सामाजिक सञ्जालमा हाले । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्