०६ असार २०८३, शनिबार

यस देशमा जनसंख्या घटेर चिन्ता, सरकारले मानिसलाई बच्चा पाउन गर्‍यो आग्रह

मंसिर २४, २०७५
यस देशमा जनसंख्या घटेर चिन्ता, सरकारले मानिसलाई बच्चा पाउन गर्‍यो आग्रह

काठमाडौं — युरोपेली मुलुक सर्बियामा जनसंख्या घट्दै गएकाले बढाउनका लागि अनेकौं प्रयास हुन थालेका छन् । अहिले उक्त देशको जनसंख्या ७० लाख मात्र छ । 

सर्बियामा जनसंख्या बढाउनका लागि नयाँ नारा ल्याइएको छ ः ढिलो नगर, बच्चा जन्माऊ । अर्को नारा छ ः बच्चाको हल्लाखल्ला सुनौं । 

उता देशका महिलाले जनसंख्या बढाउनका लागि राम्रो सहयोग गर्नुपर्ने, प्रेरणादायक शब्दले नपुग्ने बताएका छन् । 

सर्बियामा धेरै मानिस देश छोडेर गइरहेका छन् अनि जन्मदर पनि तीव्र गतिमा घटिरहेको छ । देशमा औसतमा दुई परिवारमा तीन बच्चा छन् । यो युरोपमै सबभन्दा कम हो । 

सन् २०५० सम्म सर्बियाको जनसंख्या थप १५ प्रतिशत कम हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । 

कम बच्चा जन्माउने प्रवृत्ति घटाउनका लागि सर्बियाली अधिकारीहरूले अनेकौं प्रस्ताव ल्याएका छन् । जुन महिनामा घोषणा गरिएको एउटा योजना पनि यसमा छ । योजनाअनुसार, बच्चाहरूको दर कम भएको क्षेत्रमा थोरै तल्ला
भएको भवन बनाइनेछ । 

राष्ट्रपति अलेक्जेन्डर वुकिकका अनुसार, दुईदेखि चार तल्ले घरमा बस्ने दम्पतीहरूमा बच्चा जन्माउने दर दुईगुणा बढी छ । यसबाहेक महिलालाई बच्चा जन्माउनका लागि प्रेरित गर्नका लागि नयाँ मातृत्व स्याहार कानून पारित गरिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्