२३ जेठ २०८३, शनिबार

सुधागरगृहमा यौन दुराचार

मंसिर २५, २०७५
सुधागरगृहमा यौन दुराचार

काठमाडौं— सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई फक्राउ गरेको ।

उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्