३१ जेठ २०८३, आइतबार

४३ सवारी साधन कारवाहीमा

मंसिर २५, २०७५
४३ सवारी साधन कारवाहीमा

दाङ–सशस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले असोजदेखि सोमबारसम्म विभिन्न खोलामा अवैधरूपमा नदीजन्य वस्तु उत्खनन गर्ने ४३ सवारी साधन पक्राउ परेका छन् । प्रहरी निरीक्षक अशोक न्यौपानेका अनुसार करीब तीन महीनामा ३७ ट्र्याक्टर, पाँच टिप्पर र एउटा जेसिबी नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएकोे छ ।


पक्राउ परेका सवारी साधनलाई जिल्ला समन्वय समिति दाङले कारवाही गर्दा १० लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन भएको सशस्त्र प्रहरीले जनाएको छ । जसमा ३७ वटा ट्र्याक्टरबाट २० हजारका दरले सात लाख ४० हजार राजश्व सङ्कलन गरिएको हो । 

त्यस्तै पाँच वटा टिप्परको ५० हजारका दरले दुई लाख ५० हजार र एउटा जेसिबीलाई ७० हजारका दरले राजश्व सङ्कलन गरिएको छ ।     तुलसीपुरका पातुखोला, ग्वारखोला, कालाखोलालगायत खोलाबाट अवैधरूपमा उत्खनन हुने गरेको छ । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन हुँदा खोलासमेत गहिरिँदै जान थालेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्