
काठमाडौं–प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तीन वटा आयोजनाको अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ ।
समितिले वाग्मति सिंचाई आयोजना, कमला सिचांई आयोजना र कोशी सिंचाई आयोजनाको अध्ययन गर्नका लागि ४ सदस्यीय उपसमिति गठन गरेको हो । मंगलवार गठन गरेको समितिको संयोजकमा सांसद सीतादेवी यादव रहेकी छिन् । यादव संयोजकत्वको उक्त उपसमितिमा अन्य सांसदहरु घनश्याम खतिवडा, रेणु यादव र सुरेशचन्द्र दास सदस्य रहेका छन् ।
उप- समितिले तीनवटै सिचाई आयोजनाका बारेमा अध्ययन गर्ने छ ।
आयोजनाको उन्नती, प्रगति र समस्याका बारेमा अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्न निर्देशन दिँदै उप समिति गठन गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् । समितिका सदस्य सुरेशचन्द्र दासले कृषि तथा पशुपञ्छि मन्त्री क्रपाणी खनाल एक्लै कोशी सिचाई आयोजनाको अवलोकनमा गएका तर, समितिलाई कुनै पनि जानकारी नगराएको बताए ।