११ असार २०८३, बिहीबार

ज्यान मार्ने उद्योगका फरार अपराधी ९ वर्षपछि पक्राउ

मंसिर २५, २०७५
ज्यान मार्ने उद्योगका फरार अपराधी ९ वर्षपछि पक्राउ

दोलखा– दोलखा प्रहरीले विगत ९ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ । 

जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महीना १४ दिन कैद सजाय तोकिएकामा हालसम्म फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई पक्राउ गरिएको हो । जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई मंगलवार घर नजीकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका जिरेललाई मंगलवार नै अदालत दाखिला गराई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।

प्रहरीले यहाँ विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका ३१ जना अपराधीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागी जिल्ला अदालतमा बुझाएको छ ।

तीमध्ये हालसम्म थोरैमा रु २५ देखि धेरैमा रु सात हजार जरिवाना तोकिएको र थोरैमा २५ दिनदेखि धेरैमा ४ वर्षसम्म कैद सजाय तोकिएका अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्