०१ असार २०८३, सोमबार

फ्रान्सको स्ट्रासबूर्गमा गोलीकाण्ड मच्चाउने व्यक्तिको खोजी जारी

मंसिर २६, २०७५
फ्रान्सको स्ट्रासबूर्गमा गोलीकाण्ड मच्चाउने व्यक्तिको खोजी जारी

काठमाडौं — फ्रान्सको पूर्वी शहर स्ट्रासबूर्गस्थित एक क्रिसमस बजारमा गोलीकाण्ड मच्चाउने एक बन्दूकधारीको खोजी प्रहरीले गरिरहेको छ । सरकारले उच्च स्तरको चेतावनी जारी गरेको छ । 

गोलीकाण्डमा तीनजना मारिएका छन् भने १३ जना घाइते भएका छन् । तीमध्ये आठजना गम्भीर घाइते छन् । 

ती बन्दूकधारीका बारेमा अधिकारीहरूलाई जानकारी थियो । उनी कारागारमा उग्रवादी बनेका थिए । उनी गोलीकाण्डमा घाइते भएपछि भागेको बताइएको छ । 

बन्दूकधारीको खोजीमा ३५० जना प्रहरी अधिकारीलाई खटाइएको छ । गृह राज्यमन्त्रीले बन्दूकधारी फ्रान्सबाट भागिसकेको हुनसक्ने बताएका छन् । 

गृहमन्त्री क्रिस्टोफ कास्टानेरले अचानक आक्रमणको चेतावनी जारी गर्दै प्रहरीको अधिकार बढाइएको र उच्च स्तरको सतर्कता अपनाइएको बताए । 

सीमा नियन्त्रणलाई बलियो बनाइएको सबै क्रिसमस बजारहरूमा सुरक्षा बढाइएको उनले थपे । 

स्ट्रासबूर्गका मेयर रोनाल्ढ रीसले क्रिसमस बजार बुधवार बन्द रहने र स्थानीय सभागृहमा झण्डा आधा झुकाइने बताए । 

शहरमा विरोध प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । उक्त शहरमा युरोपेली संसद् रहेको छ । तर फ्रान्सका अन्य शहरमा विरोधमा प्रतिबन्ध लगाइएको छैन । फ्रान्समा अहिले आर्थिक तनाव र राजनीतिक अविश्वासका कारण गरीब
परिवारका मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन् । 

बन्दूकधारीको आक्रमण स्थानीय समयअनुसार मंगलवार बेलुका ८ बजे भएको हो । स्ट्रासबूर्गको प्रसिद्ध क्रिसमस बजारनजिक आक्रमण भएको हो । त्यहाँ यसबेलामा हजारौं पर्यटक पुग्ने गर्छन् । 

उक्त क्षेत्रमा गश्ती गरिरहेका प्रहरी अधिकारीसँग बन्दूकधारीले गोली हानाहान गरेका थिए । 

ती व्यक्ति घाइते भएको बुझिएको छ । उनी ट्याक्सी चढेर नेउडोर्फ पुगेको थाहा हुन आएको छ । उनको घर त्यतै भएको विश्वास छ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्