काठमाडौं, २२ फागुन – चलचित्र 'चपली हाइट २' निर्माण गरेका निर्माता अर्जुन कुमारले चलचित्र फाटेको जुत्ता निर्माण गर्न भएका छन् ।
चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, सन्दीप क्षेत्री, रमेश रञ्जन झा लगायतका कलाकारको अभिनय रहने चलचित्र चार वर्षपछि निर्माण हुन लागेको हो ।

अहिले प्रि–प्रोडक्सनमा रहेको चलचित्रको कथा निरज महर्जनले लेखेका हुन् । चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दैछन् । हास्य जानरामा बन्न लागेको चलचित्र बैशाख १५ बाट फ्लोरमा जाने योजनासहित युनिटले चलचित्रको पूरै शूटिङ वीरगञ्जमा गर्ने लक्ष्य लिएको छ ।