३१ जेठ २०८३, आइतबार

विपक्षीको -यालीमा झडप, कम्तीमा दुईको मृत्यु

मंसिर २६, २०७५
विपक्षीको -यालीमा झडप, कम्तीमा दुईको मृत्यु

 लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको ¥यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । 

बुधबारको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको र अरू कैयौँ घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 

आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा निकालिएको ¥यालीमा सहभागीहरूले वर्तमान सरकारको विपक्षमा प्रदर्शन गरेकाले प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । 

विपक्षीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार रहनु भएका मार्टिन फयुलासमेत सहभागी भई कालेमाइमा निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको हो । 

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन हुने तय भएकाले चुनावी प्रचारप्रसार तीव्र भएसँगै कतिपय हिंसात्मक घटना पनि भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्