२३ जेठ २०८३, शनिबार

टेक्ससमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

मंसिर २७, २०७५
टेक्ससमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

काठमाडौं – चावहिलमा रहेको टेक्सस कलेजले नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ ।

बि.बि.ए, एम्.बि.ए. बि.आई.टी, र बि.सि.एस (साइबर सेक्युरीटी एण्ड नेटवर्क टेक्नोलोजी) विषयमा अध्ययनका लागि कलेजमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न बक्ताहरुले करिअर निर्माण र कलेजको सँस्कार सस्कृतिको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले सम्वन्धित विषय अध्ययन पश्चात हासिल गर्न सक्ने सम्भाब्यताका विषयमा कलेज ब्यवस्थापनले जानकारी गराएको थियो ।

नवआगन्तुक विद्यार्थीहरुलाई सम्वोधन गर्दै लिंकन युनिभर्सिटीका क्षेत्रिय अनुसन्धान निर्देशक प्राध्यापक डाक्टर सतिस कुमार ओझाले टेक्सस कलेजले विगतमा पनि राम्रो नतिजा हासिल गरेको बताउँदै नव आगन्तुक विद्यार्थीहरुले पनि थप प्रभाकारी अध्ययन गर्न पाउने बताए ।

टेक्सस कलेजका विभिन्न कार्यक्रमहरुले मलेसियामा रहेको लिङकन युनिभर्सिटबाट सम्बन्धन लिएको स्मरण गर्दै प्राध्यापक डाक्टर ओझाले आगामी दिनमा पनि युनिभर्सिटीको तर्फबाट आवश्यक सहयोग र प्रभावकारी अनुगमन हुने बताए । ओझाले नवआगन्तुक विद्यार्थीहरुले बदलिँदो नेपाली समाजको आवश्यकता सम्वोधन गर्न सक्ने सामथ्र्य हासिल गर्नेमा विश्वास ब्यक्त गर्दै शुुभकामना दिए ।

कार्यक्रमका अर्का बक्ता कलेजका प्रधानाध्यापक भेषराज पोखरेलले पछिल्लो समय नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशका विश्व विद्यालयमा जाने क्रम बढ्नु नेपालका लागि दुखद विषय भएको बताए ।

प्रधानाध्यापक पोखरेलले नेपालमा सञ्चालित शैक्षिक संस्थाले विदेशमा जाने विद्यार्थीहरुलाई नेपालमै रोक्ने वातावरण निर्माण गर्नु प्रमुख चुनौति रहेको बताए । 

टेक्सस कलेजले स्थापनाकालबाट नै गुणस्तरिय शिक्षा प्रदान गरिरहेको वताउँदै पोखरेलले गुणस्तरको प्रश्न उठाएर विद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयमा जाने अवस्था नआओस् भन्नका लागि टेक्सस सँधै सचेत रहेको बताए ।

अभिमुखीकरण तथा स्वागत कार्यक्रममा म्यागेसेसे पुरस्कारबाट विजेता तथा सामाजिक अभियन्ता डा. महावीर पुनको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नेपालमा विज्ञान तथा प्रविधिको विकासमा जुटेका डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई टेक्ससको तर्फबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । 

सन् २००९ मा स्थापित टेक्सस कलेज व्यवस्थापन तथा सूचना प्रविधि शिक्षणमा प्रभावकारी रहँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्