
काठमाडौं — अन्धविश्वासमा रमाउनेहरूले कहिले कुन कुरालाई धार्मिक मान्यता दिन्छन्, पत्तै हुँदैन ।
भारतको लखनउमा रहेको गुंडबामा एउटा रुखमा सर्प र ऊँकारको आकृति बनेपछि मानिसहरूले पूर्जाअर्चना शुरू गरे ।
तीन दिनदेखि उक्त स्थानमा मेला जस्तो वातावरण छ । गाउँमा कनकोहर नामक निकै पुरानो रुख भएको स्थानीयहरू बताउँछन् । रुखमा नाग र ऊँ जस्ता आकृति केही दिनअघि देखिएको हो । केही मानिसले यसलाई हिन्दू आस्थासँग जोडिदिए ।
यसको चर्चा पूरै इलाकामा फैलियो ।
उद्यान विभागका विशेषज्ञहरूले यसलाई अन्धविश्वास बताएका छन् । रुखहरूमा यस्ता आकृति अनायासै आइरहेका हुने र यो प्राकृतिक प्रक्रिया भएको उनीहरू बताउँछन् । यसलाई नागसँग जोड्न नहुने उनीहरूको भनाइ छ ।
एजेन्सी