०७ असार २०८३, आइतबार

‘क्याप्टेन’को पहिलो गीतमा रोमान्टिक अनमोल र उपासना [भिडियोसहित]

मंसिर २७, २०७५
‘क्याप्टेन’को पहिलो गीतमा रोमान्टिक अनमोल र उपासना [भिडियोसहित]

काठमाडौं–चलचित्र ‘क्याप्टेन’को पहिलो गीत बिहीबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य कलाकार अनमोल केसी र उपासना सिंह ठकुरी फिचर्ड ‘रहर छ संगै...’ बोलको गीत सार्वजनिक गरिएको हो ।

दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन । प्रेमको भाव बोल्ने गीतको लोकेशन उत्कृष्ट लाग्छ ।

फुटबलको कथालाई उठान गरिएको चलचित्रलाई भुवन केसीले निर्माण तथा दीवाकर भट्टराईले निर्देशन गरेका हुन ।

चलचित्रमा अनमोल, उपासनासंगै सुनिल थापा, प्रशान्त ताम्राकार, प्रियंका एमभी, सरोज खनाल, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । नायिकाद्धय उपासना र प्रियंकाको यो डेब्यू चलचित्र हो ।

फागुन १७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, सुदिप बरालको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्