०१ असार २०८३, सोमबार

तराईंको भूमिगत समूहले सरकारलाई बुझायो हतियार

मंसिर २७, २०७५
तराईंको भूमिगत समूहले सरकारलाई बुझायो हतियार
सा‌ंकेतिक तस्बिर

विराटनगर– सशस्त्र गतिविधिमा संलग्न रहेको एक भूमिगत समूहले बिहीवार विराटनगरमा हतियार बुझाएको छ । हतियार बुझाउनेमा भूमिगत अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाको विवेक समूह रहेको जिल्ला प्रशासन कार्यालय माेरङले जानकारी दिएको छ ।

विभिन्न सशस्त्र पक्षसँग सरकारले वार्ता गर्न समिति गठन गरी शान्तिपूर्ण वार्ताका लागि आह्वान गर्दै आएको थियो । सोहीअनुसार बिहीवार समितिका संयोजक सोमप्रसाद पाण्डेसमक्ष  जिल्ला प्रशासन कर्यालयमा उक्त समूहले हतियार बुझाएको हो ।

हतियार बुझाउनेमा रामनन्दनकुमार कामत, जयप्रकाश लिचपुरिया, विवेक यादव र विनयकुमार यादव रहेका छन् । उनीहरूले १ अटोमेटिक पेस्तोलसहित २ वटा कटुवा पेस्तोल सरकारलार्इ बुझाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्