१२ असार २०८३, शुक्रबार

आज पनि जारी रह्यो काँग्रेस केन्द्रीय सदस्य बैठक, क–कसले राखे धारणा ?

मंसिर २७, २०७५
आज पनि जारी रह्यो काँग्रेस केन्द्रीय सदस्य बैठक, क–कसले राखे धारणा ?

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा आज पनि जारी रह्यो ।

 आजको बैठकमा राजनीतिक प्रस्ताव र महामन्त्री प्रतिवेदन माथि छलफल भएको काँग्रेसले जनाएको छ । 

 आजको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— एनपी साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, गगनकुमार थापा, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, बहादुर सिंह (लामा) तामाङ, राधेचन्द्र यादव, आमन्त्रित केन्द्रीय सदस्यहरु— नरेन्द्रकुमार चौधरी र किरणराज शर्मा पौडेलले आ–आफ्नो धारणा राखेका थिए । 
राजनीतिक प्रस्ताव माथि धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ । 

यसैबीच बैठकमा कोषाध्यक्ष सीतादेवी यादवद्वारा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र लेखा परीक्षण समितिका तर्फबाट  संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत भएको छ । 

बैठक शुक्रबार पनि जारी रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्