०५ असार २०८३, शुक्रबार

श्रीलङ्काली संसद विघटनको निर्णय बारे सर्वोच्च अदालतको यस्तो ठहर

मंसिर २७, २०७५
श्रीलङ्काली संसद विघटनको निर्णय बारे सर्वोच्च अदालतको यस्तो ठहर

कोलम्बो–श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ । 

अदालतले बिहीबार आफ्नो फैसला सुनाउदै सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको छ । 

सर्वोच्च अदालतका सात जना न्यायाधिशको संयुक्त इजलाशाले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको उक्त अदालतले जनाएको छ । 

अदालतले संसद विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको समाचारमा जनाइएको छ । 

राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद विघटन घोषणा गर्दै निर्वाचनको मिति तोकेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्